Wednesday, May 13, 2009

rai

संसारभर छरिएर रहेका राईहरुले साकेला मनाउँदै छ्न् यतिबेला। किरात राईहरुको महान पर्व हो साकेला। मे १० मा हङकङस्थित ताईमोसान कन्ट्री पार्कमा किरात राईहरुको महान चाड साकेला उभौली भव्य रुपमा मनायौँ। बाली लगाउने बेला किरात राईहरुले गर्ने गरेको भूमि पूजाको रुपमा मनाइने यो साकेला नाच वा पर्व उभौली हो भने बाली काटेर थन्क्याउने बेलाको साकेला नाच वा पर्व उधौली हो। हङकङमा उधौलीको बेला साकेला नाचको प्रतियोगिता गराइन्छ र नाच्ने गरिन्छ भने यस उभौलीमा सामान्य रुपमा नाच्ने मात्र गरिन्छ। किराती राईकी छोरी भएर पनि मैले चाहिँ अहिलेसम्म नाचेकी छैन साकेला। तर हरेक साल उपस्थित भने हुन्छु। कारण, सबै साथी-भाईहरु र आफन्त भेट हुन सकिने सुनौलो अवसर पनि हो यो। हङकङमा भएको साकेलाका केही झलकहरु माइसंसारका मेरा साथीहरुलाई।